अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति गठन

everest kitchen

काठमाडौं । “अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति” गठन भएको छ । समाजसेवी तथा युवा व्यबसायी कमल खड्काको नेतृत्वमा समाजको पोर्चुगल संगठन बिस्तार भएको हो ।

नवगठित संगठनमा अध्यक्ष कमल खड्का, बरिष्ठ उपाध्यक्ष सोम अनुराग बस्नेत, महिला उपाध्यक्ष अनु खनाल, उपाध्यक्षहरु प्रकाश खड्का, कमल जिसी, नवराज पौडेल, दिपेश राई र महासचिव हरिशरण परियार, सह-महासचिव नरेश कठायत, सचिव मनिषा घिमिरे, सुजित श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्ष कुशुम गुरुङ, सह-कोषाध्यक्ष गोकुल कंडेल र सदस्यहरु जेशिका तामाङ, सीता तामाङर सविन मोक्तान, भिमा राई र सन्ध्या थापा रहेका छन् ।