बिरगंजमा “नेटवर्क किंग नेपाल” ईन्स्टिच्युट सुचारु

everest kitchen

वीरगन्ज । बिरगंजमा “नेटवर्क किंग नेपाल” नामक ईन्स्टिच्युटको उद्घाटन भएको छ। महानागर प्रमुख बिजय कुमार सरावगिले रिबन काटेर नेटवर्क किंग नेपाल काम्पुटर ईन्स्टिच्युटको उदघाट्न गरेका हुन ।

नेटवर्क किंग नेपाल आईटी र डिजिटल शिक्षामा विशेषज्ञता सहित एक ग्लोबल शिक्षा ब्रान्डको रुपमा स्थापना गरिएको हो ।

नेटवर्क किंग नेपाल वीरगञ्ज पर्सामा एक उत्तम समावेशी कम्प्युटर प्रशिक्षण संस्थानको रूपमा स्थापित हुने बिसवास गरिएको सञ्चालकले बताएका छन् । विधयार्थिहरु लाई व्यावसायिक शिक्षा प्रदान गर्न यस क्षेत्रमा विशेषज्ञहरूको समुहको सक्रियतामा नेटवर्क किंग नेपाल आईटी र डिजिटल शिक्षामा नया सोचाइको साथ अगाडि आएको बताएको छ ।

गुणस्तरीय शिक्षा पाउनको लागि आहिले पनि विध्यार्थिहरु काठमाडौं ,दिलि लगायतका सहरहरुमा जान बाध्यता हटेको अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेश गुप्ताले बताए ।