बिरामी श्रीमतीको उपचार गर्न आएका भट्टको निधन

everest kitchen

 

महेन्द्रनगर । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ । श्रीमतीको उपचार गर्न आएका ४८ वर्षीय भानदेव भट्टको निधन भएको हो ।

दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट श्रीमतीको उपचार गराउन सेती प्रादेशिक अस्पताल आएको र उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको शव पोष्टमाटमका लागि शव गृहमा राखिएको छ।