सवारी दुर्घटना २ जनाको मृत्यु

everest kitchen

 

झापा । झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिवार साँझ ५ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएका थिए ।

घाईतेहरु मध्ये प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेतको द्य७ऋ अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको तथा सोही मोटरसाईकलको पछाडी सवार रहेका रतुवामाई नगरपालिका–८ का २४ बर्षीय अनिष कोईरालालाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।