हराएको ४० बर्षपछि घर फर्किएका वर्ण लाललाई नागरिकता

everest kitchen

सविन कुमार लोप्चन

हेटौंडा । ४० बर्षपछि घर फर्किएका मकवानपुरका एकजनाले ५१ बर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित सिलिङ्गेको धोक्से प्रजाको छोरा वर्ण लाल प्रजाले हराएको ४० बर्ष पछि नागरिकता पाएका हुन ।

बिक्रम सम्वत २०२६ वैशाख १० मा जन्मिएका वर्ण लाल १२ बर्ष देखि घर परिवार बाट सम्पर्क बिहिन भएका थिए । वर्ण लाल अहिले सरकारले धनी पुर्जा बितरण गर्न फारम भर्न सुरु गरे लगत्तै उनी दाजुभाइ खोज्दै आफ्नो जन्म भुमी आएकोले आफ्नै पहलमा नागरिकता बनाईदिएको वडा अध्यक्ष सिंग लाल प्रजाले जानकारी दिए ।

वडा अध्यक्ष प्रजा निर्णय अनुसार वडा कार्यालयले नागरिकताको लागि सिफारिस गरेको थियो । यद्यपि जिल्ला प्रसासन कार्यलयले सहजै नागरिक्ता उपलब्ध नगराएपछि वडा अध्यक्ष प्रजा आफै तीन दिन प्रशासनमा धाएर नागरिक उपलब्ध गराउन सहयोग गरेका थिए ।