शेरधनले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने

everest kitchen

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजननीतिक घटनाक्रममा छलफल हुने बताइएको छ । माधव नेपाल पक्षका प्रदेश सांसद राजेन्द्रकुमार राईले बैठकमा आफूहरू सहभागी नहुने बताए ।

प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तीमध्ये माधव नेपाल पक्षका १६ जना छन् ।