प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठको आरोप

everest kitchen

काठमाडौं। नेकपा एमालेका नेता भिम रावलले देशको भूभाग विदेशीले कब्जा गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चासो नरहने बताएका छन् । दार्चुलामा देशको भूभाग अतिक्रमण भईरहदा पनि प्रधानमन्त्री ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न भएको आरोप लगाउँदै सत्ता र कुर्सीका सामु देशको भूभाग विदेशीले अतिक्रमण केही प्रधानमन्त्रीलाई चासोको विषय नभएको नेता रावलले बताए ।

‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ । प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।, नेता रावलले भने, ‘सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता!’

यसअघि रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहँदा ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको आरोप लगाएका थिए । काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि यो विषय उठाउँदै प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न गरेका थिए ।