नक्कली सुनको सिक्का दिई ठगी गर्ने पक्राउ

everest kitchen
photo file

सुनसरी। उप–महानगरपालिका–९ का २० वर्षीय फैजान आलम र ईनरुवा नगरपालिका–१० का ४१ वर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।

उनीहरुले ठकुरीलाई विभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।