अब सार्वजनिक कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्रीको फोटो भिडियो खिच्न नमिल्ने

everest kitchen

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको अब फोटो खिच्न नपाउने भएको छ ।

उनी सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए ।उज्यालो नेटवर्क