घर आगलागी पीडित महतो परिवार चरम आर्थिक संकटमा, सहयोगको अपिल

everest kitchen

सुरेन्द्र महतो

सर्लाही । प्रदेश नम्बर २ सर्लाही ,बरहथवा -९( मुर्तिया) निवासी राज कुमार महतोको फुसको घरमा आज आगलागि हुँदा घर पूर्ण रुपमा जलेर नस्ट हुनुका साथै घरभित्र रहेका कपडा ,अन्न ,पैसा समेत जलेर नस्ट भएको छ । आगलागी पछि चरम आर्थिक समस्यामा रहेका महतोले सहयोग अपेक्षा गरेका हुन ।

महतोको परिवार एक सामान्य परिवार भएको र सामान्य मजदुरी गरि जिबिकोपार्जन गरिरहनु भएकाले परिवारको आर्थिक स्थित नाजुक नै थियो । घर बनाउन भनेर राखेको केही पैसा पनि आगोले जलाएको र अन्नसामाग्री हरु समेत आगोले जलाएपछी उनको अवस्था अझै खस्केकोले कोही कसै सक्नेले सान‍तिनो भएपनि सहयोग गरे राहत हुने स्थानीयहरु बताएका छन् ।

महतोका स्थानीयहरुले पीडित परिवारलाई सहयोग गर्न अपिल गरेका छन् । साथै, उनलाई सहयोग गर्न चाहानेले राजकुमार महतोको नाममा एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर के८०२९५८६९५९५२४०१ मा सहयोग रकम पठाउन सकिने महतोले बताएका छन् ।