अत्यावश्यक बिना पासपोर्ट नवीकरण नगर्नु विभाग, अब छिट्टै इ-पासपोर्ट लागु हुने

everest kitchen

काठमाडौं । राहदानी विभागले अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न अनुरोध गरेको छ । विभागले नवीकरण नगर्दा जरिवाना नलाग्ने भएकोले र अब छिट्टै इ-पासपोर्ट लागु हुने भएकोले अत्यावश्यक नपरी नवीकरण नगर्न भनेको हो ।

विभागले एक सुचना जारी गर्दै भनेको छ, “धेरै सेवाग्राहीहरु तत्काल विदेश जान आवश्यक नपरे तापनि राहदानीको बहाल अवधि सकिन लागेको कारण नवीकरण गर्न आउने गरेको पाइयो । चालकअनुमति पत्र जस्तै बहाल अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने , राहदानी नवीकरण नभै नयाँ नै बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बखत जुनसुकै बखत बनाउन सकिने व्यहोरा अनुरोध गरिन्छ ।

साथै निकट भविष्यमा गुणस्तरीय , निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई-पासपोर्ट ) जारी हुने हुँदा अत्यावश्यक भएको अवस्था बाहेक राहदानी बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी नबनाउनु हुन समेत विभागले अनुरोध गरेको छ ।

आउने सेप्टेम्बरदेखि सरकारले इ-पासपोर्ट दिने भएको छ। नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने बताएको छ । अहिले संसारका १२० मुलुकले इ-पासपोर्ट जारी गरिसकेका छन्।