संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुन्छः प्रधानमन्त्री

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुने जनाउ दिएका छन् । आज पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले केही समयपछि बर्खे अधिवेशन बोलाउनुपर्ने भएकाले हिँउदे अधिवेशन अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई उद्वृत गर्दै भने, बैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्छ । त्यसैले चालु अधिवेशन चाँडै अन्त्य हुन्छ ।’