काङ्ग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । गएको फागुन १५ मा मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी निधन भएको हो ।

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। अस्पतालका सूचना तथा सञ्चार अधिकृत सोमनाथ बाँस्तोलाले जोशीको निधन भएको बताए।