आज मलेसियामा १३ सय २ जना संक्रमित थपिदा ४ जनाको निधन

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २५५ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३०२ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ४१ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज १ हजार २५६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख २६ हजार ३०९ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल १४ हजार ३८० जनामा सक्रिय संक्रमण रहेको छ ।