गृहमन्त्री बादलको संयोजकत्वमा रेशम चौधरीको रिहाईको लागि बार्ता टोली गठन

everest kitchen

 

काठमाडौं। सरकारले थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको छ । थारु आन्दोलनका मागहरु संवोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डल पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने पनि बताए ।