झन्डै ४ महिनापछि मलेसियामा नया बिरामिको सङ्ख्या एक हजार भन्दा कम भेटिए

everest kitchen
फाइल फोटो

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २६० जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९४१ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ४२ हजार ८८५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज १ हजार ९७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख २७ हजार ४०६ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल १४ हजार २१९ जनामा सक्रिय संक्रमण रहेको छ ।