समानान्तर गतिविधि कायम राखे कारबाही हुने ज्ञवालीको चेतावनी

everest kitchen

 

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरेका छन् ।

एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उनले कारवाहीको चेतावनी दिएका हुन् ।