everest kitchen

 

एजेन्सी। फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको स्थानिय समाचार माध्यमहरुले जानकारी दिएका छन्।

राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका हुन्। उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न आग्रह गरेका छन्। यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने समेत बताएका छन्।

पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्समा शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरियको हो । यो पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि गरिएको बताइएको छ ।