चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने

everest kitchen

काठमाडौँ । दशरथ रंगशालामा चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने भएको छ । कोभिडले थलिएका हामी अब उठ्नु छ भन्ने मुल नाराका कोभिड कप– २०२१ को आयोजना हुने आयोजक काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले जनाएको हो ।

खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय लगायतको सहभागीता हुने आयोजको भनाई छ । ७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमा नेपालले कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको चलचित्र अभिनेता धिरेन शाक्यले बताए ।