थ्रि नेसन्स कप विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने

everest kitchen

काठमाडौं । हालै आयोजित थ्रि नेसन्स कपको उपाधि विजेता बनेको नेपाली राष्ट्रिय टोलीले सरकारबाट जनही ४ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । हिजो बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

थ्रि नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि उपाधि उचालेको हो ।

प्रतियोगिताको फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिए । यसअघि उपाधि विजेता टोलीले एन्फाले जनही १ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।