‘ओलीको कारबाही दुराशयको निरन्तरता’

everest kitchen

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाहीको ओली इतर समूहले भत्र्सना गरेको छ।

नेपाल–झलनाथ खनाल पक्षधर स्थायी कमिटी सदस्यले नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टी विधानविपरीतको स्वेच्छाचारी काम भएको निष्कर्ष निकालेका हुन्।

नेपाल–खनाल पक्षधर स्थायी कमिटी सदस्यहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयको निरन्तरता भएको उल्लेख गरिएको छ। नागरिक दैनिकबाट