माओवादी केन्द्रको स्थायी कमिटीको निर्णायक बैठक आइतबार बस्ने

everest kitchen
photo file

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । एक स्थायी कमिटी सदस्यले बैठक आइतबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आह्वान गरिएको जानकारी दिए ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एक/ दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

लगत्तै स्थगित केन्द्रीय कमिटी बैठक पनि बस्ने भएकोले उक्त बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने ती स्थायी कमिटी सदस्यले जानकारी दिए । २३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।