मलेसियामा कोरोना नया बिरामि बढे, आज मात्रै १६ सय ३८ संक्रमित थपिए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २८६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ६३८ जना रहेकाे छ ।

मलेसियामा हालसम्म ३ लाख ४९ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १ हजार ४४९ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख ३३ हजार ८९२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल १४ हजार ४३२ जनामा सक्रिय संक्रमण रहेको छ ।