मलेसियामा ज्यान गुमाएका १२ श्रमिकको शव नेपाल ल्याइयो

everest kitchen

काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो ।

आइतबार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्र कुमार साह, गोर्खाका मेघ बहादुर कुँवर तथा सूर्य विकको रहेको छ । यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बाग्लुङका चन्द्र बहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्वल भुजेलको शव आइतवार मलेसियाबाट आउने गरी क्वालालम्पुर स्थित नेपाली दूतावासबाट सूचि प्राप्त भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

‘कस्तो दु:खद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । ती मध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र । ‘ भट्टराईले ट्विटरमा लेखेका छन् । भट्टराई शव बुझ्न गएका आफन्तहरुसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को ८ महिनाको तथ्याङक अनुसार रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाउनेको संख्या धेरै रहेको छ ।