सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रको कारबाही

everest kitchen

बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र पछि एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि दुवैजनालाई संसदीय दल र पार्टी केन्द्रीय समितिले कारबाही गरेको छ। छिट्टै उनिहरु सांसद पदबाट निलम्बित हुने केन्द्रले जनाएको छ ।’

संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । तर उनीहरुले स्पष्टीकरणको जवाफ बुझाएका थिएनन् । लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् ।