सरकार र थारू कल्याणकालीकारी सँगको वार्ता सकारात्मक

everest kitchen

 

काठमाडौँ। नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए।

वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । थरुहटका तर्फबाट रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।