पत्रकार महासङ्घ बागलुङमा सर्वसम्मत नेतृत्व चयन

everest kitchen

बागलुङ। नेपाल पत्रकार महासङ्घ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशील पाँच पेशागत सङ्गठनका बीचमा सहमतिपश्चात् जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो ।

दुबै समूहका प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रगतिशील पत्रकार सङ्घको संयुक्त वार्ताले चारबुँदे सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको हो । सङ्घ, सङ्गठनको वार्ताले पूर्वसहमतिअनुसार अध्यक्षमा प्रेस युनियनलाई दिने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तले बताए ।

शाखाको अध्यक्षमा नरेश कँडेल, उपाध्यक्षमा नवीन शिशिर, महिला उपाध्यक्षमा जीवनकला खत्री, सचिवमा विजय राना, सहसचिवमा तारानाथ आचार्य, समावेशी सहसचिवमा सिर्जना पन्त र कोषाध्यक्षमा सुवास गौतम चयन भएका छन् ।