कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

everest kitchen

सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलवार सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा एमालेबाट सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आफ्नो दलले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

माओवादी केन्द्रका १३ जना सांसदमध्ये दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको पत्र संसद्लाई बुझाइएपछि केन्द्रसँग १२ जना मात्र सांसद रहेकाले प्रदेश सभामा समेत अब ३९ जना मात्र सांसद रहनेछन् । आर्थिक अभियान दैनिकबाट