दिगो बिकासको लागि एकता नेपालद्वारा ४५ घर परिवारलाई मकैको बीउ बितरण

everest kitchen

मकवानपुर। दिगो बिकासको लागि एकता नेपाल (lisa himalayan ev) संस्था ले राक्सिराङ-६ का ४५ घर परिवारलाई मकै को बीउ बितरण गरेको छ। यसघि पनि निरन्तर सहयोग गर्दै आएको यस संस्थाले यसपटक पनि सहयोग गरेको हो।

संस्थाले सदाको बर्षहरुमा जस्तै यस बर्ष पनि ३ किलो रामपुर जातको मकै, ५ किलो डि.ए.पी, ३ केलो युरिया , ३ केलो पोटास मल वितरण गरेको संस्थाको प्रतिनिधि लाल बहादुर तामाङले जानकारी दिए।

उनका अनुसार संस्थाले शैक्षिक क्षेत्रसंगै, राक्सिराङको जनताको लागि हेल्थ पोस्ट स्थापना गरि स्वस्थ क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।