अमेरिकामा एक नेपालीलाई गोली हानी मारियो

everest kitchen

काठमाडौं । अमेरिकाको टेक्सस सहरमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो । अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको मारिएको जनाएको छ ।

प्रहरीले अपराधी पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ भने गोली चलाउनेले प्रयोग गरेको सवारी साधन पत्ता लगाउने तयारी गरेको बताएको छ ।