तीन वर्षमा केके भए संसदमा बहस गरौं : नेता थापा

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् । संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए ।

उनले अहिलेको सरकारले चमत्कारिक बिकाश गरेको भ्रम छर्न केहि बर्ष पहिलेनै संचालनमा आएका र केहि बन्नै बाँकि रहेका विकास योजनाहरु उद्घाटन गर्दै हिडेको भन्दै, उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’