पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा गौतम

everest kitchen

मकपानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन् । पत्रकार महासंघ मकवानपुरको आज विहान भएको निर्वाचनमा प्रेस चौतारीतर्फका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सतर्फको गौतम निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि गौतमले एक सय र उनका प्रतिस्प्रधी अधिकारीले ५६ मत प्राप्त गरेका थिए । त्यस्तै, महासंघको उपाध्यक्ष पदमा ध्रुबप्रसाद अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशीतर्फ मन्दिरा बानियाँ –मानबी), सह–सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुबेदी निर्वाचित भएका छन् ।

यसैगरी, सदस्य महिलातर्फ रुपा गुरुङ, सदस्य दलिततर्फ शान्ति सुनार, सदस्य आदीबासी जनजातितर्फ नवराज वाईबा र सदस्य (मधेशी) तर्फ आदित्य कर्ण निर्वाचित भएका छन् ।

यस्तै, खुल्लातर्फको सदस्यमा क्रमशः अर्जुन संञ्जेल, उज्ज्वल अधिकारी, प्रदिप अधिकारी, बलराम पुडासैनी, रेवती प्रसाद तिमल्सिना (नविन), विजय पौडेल र श्रृजना नेपाल निर्वाचित भएका छन् ।
उता प्रदेश परिषद् सदस्य (खुल्ला) तर्फ गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी, प्रदेश परिषद् महिलातर्फ क्रमशः आरती ढकाल, भावना रिजाल र आदीबासी जनजातितर्फ अमर लामा र अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियार निबिरोध निर्वाचित भएका छन् । त्यस्तै, केन्द्रीय परिषद् सदस्य (खुल्ला) मा भानुभक्त आचार्य र राजन (खुसराज) दाहाल, (महिला) मा नानीमैया विष्ट निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्य (आदीबासी जनजाति) तर्फ सुर्वणलाल श्रेष्ठ निबिरोध निर्वाचित भएका छन् ।

हेटौँडा रिसोर्टमा भएको निर्वाचनमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १६४ जना पत्रकारहरुमध्ये १६१ जनाले मात्रै मतदान गरेका थिए ।