रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको सहयोग

everest kitchen

सुरेन्द्र महतो
मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको शिन – एत्सु  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ६९ हजार ९८९ रुपैया सहगोग रकम पठाएका हुन्।

रङ्गशाला निर्माण अभियानका लागि थोरै भएपनि सहयोग होस् भनेर मलेसियाको सेलांगर राज्यमा रहेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुबाट सहयोग संकलन गरेर ६९ हजार ९८९ रुपैया नगद पठाएको अभियन्ता मनोज ढुंगेलले जानकारी जानकारी दिए।

उनका अनुसार मनोज ढुंगेल,भूपेश खड्का,टेक बहादुर खत्री ,दिलीप खनाल,पदम् खत्री,सुमन हमाल र याम नारायण भण्डारी लगायतको पहलमा सहयोग रकम उठेको हो । त्यस्तै यसअघि पनि अन्य कम्पनीका श्रमिकहरुले पनि रङ्गशाला निर्माणमा सहयोग गर्दै आएका छन्।