कर्णाली सरकारको रिक्त मन्त्रालयको जिम्मेवारी मन्त्री भण्डारी र केसीलाई

everest kitchen

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल, नन्दसिंह बुढाले दिएको राजीनामा स्वीकृत गरेका छन्।

मुख्यमन्त्री शाहीले राजिनामा स्वीकृत गर्दै खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी समेत दिएका छन्।

सर्वोच्चले नेकपा बन्न एक भएका एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

एमाले तर्फका तीमन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका थिए ।