राष्ट्रिय मावि सिलिङ्गेका ५१ जना विद्यार्थीलाई खाद्यान्न सहयोग

everest kitchen

मकवानपुर। मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित रहेको श्री राष्ट्रिय माबि सिलिङ्गे स्कुलमा अध्यनरत छात्रावास बस्दै आएका ५१ जना बिद्यार्थी लाई “दिगो बिकासका लागि एकता नेपाल” संस्थाले खाद्यान्न सहयोग गरेको छ। सोहि वडाका वडाअध्यक्ष सिंग लाल प्रजाको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो।

बिद्यालय  पुग्न करिब २/३ घण्टा हिड्नु पर्ने भएकोले छात्राबास बस्दै आएका विद्यार्थीहरुको लागि खाद्यान्न सहयोग गरिएको हो। यसले बिध्यार्थीले खाद्यान्न अभावकै कारण स्कुल छोड्ने समस्या कम हुने आशा गरेको संस्थाले जनाएको छ।

यस संस्थाले खाद्यान्न मात्रै नभई राक्सिराङ गा.पा. भित्रको करिब १५०० जना विद्यार्थी लाई छात्रवृत्ति दिदै आएको छ।