अन्तराष्ट्रिय नेपाली समाज मलेसियाले ७ बिभागको संयोजक तोक्यो

everest kitchen

मलेसिया। आइतबारका अन्तराष्ट्रिय नेपाली समाज मलेसियाको पहिलो बैठक बसेको छ । समाजका अध्यक्ष राजु तामाङ ज्युको अध्यक्षतामा बसेको बैठकले संस्थाको ७ बिभागको संयोजक तोकेको हो।

जसअनुसार अर्थ बिभाग संयोजक तारा राई, अनुसासन बिभाग संयोजक हिरालाल दयाल, सुचना सन्चार तथा प्रशिक्षण बिभाग संयोजक दल ब लामा, कला सास्कृतिक बिभाग संयोजक डेभिड घिमिरे, साहित्य तथा सृजना बिभाग संयोजक बिक्रम याख्खा, समन्वय बिभाग संयोज-समीर मल्ल, खेलकुद बिभाग संयोजक- केवल कुलुङ राईलाइ तोकेको छ। बिभागमा संयोजक १ सह-संयोजक १ जना र सदस्य ३ जना रहने अध्यक्ष तमाङले बताए ।

बैठकमा अन्तरार्ष्टिय नेपाली समाज मलेसियाका सल्लाह डा. हुम बहादुर गुरुङ, संकर बहादुर पौडेल, जागिर धन गुरूङ र संरक्षक ईश्वर राईले संस्थाको बिकासको लागि सुझाव र शुभकामना दिएका थिए।

अन्तराष्ट्रि नेपाली समाज मलेसियाको मुख्य उद्देश्य मलेसियामा रहेका नेपालीहरुलाई उद्धार र जनचेतना अभिबृद्धिमुलक कार्य गर्ने रहेको पनि संस्थाको अध्यक्ष तामाङले जानकारी गराए ।