कर्णाली प्रदेशका सांसद रेग्मीको पद खारेज

everest kitchen

सुर्खेत। कर्णाली प्रदेशसभा सदस्य रहेका धर्मराज रेग्मीको सांसद पद सोमबारदेखि खारेज भएको छ । कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको छ।

चैत २१ गते बसेको माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले उनलाई कारबाही गरेको र दल त्याग गरेको सूचना प्रदेशसभालाई गराएको थियो।

सोही आधारमा सोमबार सचिवालयले पनि राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको ऐन, २०७४ को दफा ३५ (२) बमोजिम सदनलाई जानकारी गराएको हो।