ब्रिटिस गोर्खा र सिंगापुर पुलिसको भर्ती अबदेखि पोखराबाट

everest kitchen

काठमाडौँ । अबदेखि ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिष्ट्रेसन, क्षेत्रीय र केन्द्रीय छनौट पोखरामा हुने भएको छ । यसअघि पूर्वको धरानबाट गर्ने गरिएको छनौट पनि पोखराबाटै गरिने भएको हो।

ब्रिटिस आर्मीमा भर्ती हुने बढेपछि बेलायतले भर्ना प्रक्रियामा कडाइ गर्न थालेको बताएको छ । अबदेखि भने नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्ने, १२ पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर उचाल्नुपर्ने र दौडनुपर्ने दौड १ मिनेट ४६ सेकेन्डमा पुरा गर्नुपर्ने भएको छ ।

Add
advertise

सूचनाअनुसार ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० जना छनोट गरिनेछ । ब्रिटिसतर्फ पहिलेभन्दा १ सय १० जनाको कोटा घटाइएको हो ।