थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

everest kitchen

 

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो ।