म अर्थात अरपे

everest kitchen

जीवन देवान गाउँले

अरपे -नेपाली जनजिब्राेले निर्माण गरेकाे एक शब्द । अरपे -अधिकांस नेपालीहरुकाे एउटा जीवन । जनजिब्राेले निर्माण गरिसकेपछि मूल भाषा नहुदानहुदै पनि माैलिक भाषाकाे रुपमा ग्रहण गरिसके पछि स्विकार्य हुनु वा नहुनुले केही माने राख्दैन । वस् -अरपे शब्दलाई स्थापित गर्नु छ र अरपे जीवनकाे चित्रण समाजलाई देखाउनु छ । त्यसकाे लागि पनि मैले धक खाेलेर भन्नू छ – म अर्थात अरपे ।

बीस बर्ष भएछ, अरपे जीवन विताएकाे । अझैपनि जीवन तेहि छ । याे बीस बर्षमा ५/६ पटक देश फर्किए हुँला । जति जति पटक गाउँ पुगे, तेति तेति पटक अरपे कहलिएकाे छु । तेहिबेला हाे मैले अरपे भईटाेपलेकाे । त्यसैले समाजले चिन्नेगरिकाे मेराे परिचय हाे -अरपे ।

एकसमय यस्ताे थियाे -कुनै गाउँमा एकघर अरपेकाे हुदा चारगाउँलाई थाहा हुन्थ्याे । तेहि समय हाे -अरपेकाे टाँठबाँठ र महिमा खुव चर्चा हुन्थ्याे/देखिन्थ्याे । त्याे बेला अरपेले ल्याउने माेतिमाला -आहा । त्याे बेला अरपेले ल्याउने ठुलाे साईजकाे चिप्लाे रुमाल -आहा । समग्रमा अरपे -आहा । तर, अहिले यस्ताे समय आयाे -अरपे नभएकाे घर चार गाउँ चहार्दा एकघर भेटिन मुस्किल पर्छ । घरैपिच्छे अरपे भएपछि स्वत: चार्म घट्ने नै भयाे । चमक हराउदै गएकाे अवस्थामा पनि मलाई चम्किनु छ । तसर्थ भन्नु छ -म अर्थात अरपे ।

मलेसिया छदा आफुलाई सिर्फ अरपे जीवनमा सिमित गर्न मन मानेन । मन नमाने पछि अनेक हुने प्रयास हुन्छ नै । मैले पनि अनेक बन्ने प्रयास गरे । तेहि प्रयासमा लाग्दा साहित्य भनेर कथा लेख्ने अभ्यास गरे । अभ्यास अभ्यासमै नामकाे अगाडि साहित्यकार थप्न बाध्यकारी बनाईयाे साथीभाईहरुलाइ । साहित्यकार भन्दै गर्दा न साथीभाईहरुबाट सगर्वले उच्चारण भयाे न आफैले गर्वका साथ त्यस विशेषणलाई स्विकार्न सकियाे ।

यतिधिक लेख्दैमा साहित्यकार भईदैन भन्नेमा म मात्रै हैन साथीभाईहरु पनि जानकार थिए । तर, परिस्थिति हामी आफैले यस्ताे निर्माण गर्याै कि -आखाँकाे चालमा, नाककाे सवालमा साहित्यकार शब्दकाे प्रयाेग गर्याै । अव, याे भ्रमबाट कम्तीमा मलाई मुक्त हुनु छ । अत: ‘साहित्यकार हुँ’ भन्ने भ्रमबाट म मुक्त हुन चहान्छु । हुँ भने सिर्फ त्याे हुँ – म अर्थात अरपे । “अरपे -जीवन देवान गाउँले” -अब उप्रान्त यहि लेख्नेछु ।

अन्त्यमा : नयाँ बर्षकाे आगमन संगै यस अरपे पेजलाई यहाहरु सामु ल्याएकाे छु । नयाँ सालकाे सुरुवात नयाँ कुराहरुबाट गर्नु बाञ्छानिय हुने देखेर सुरुवात गर्ने उद्घघाेष गर्दछु । नयाँ बर्ष २०७८ काे पावन अवसरमा उपहार स्वरुप मेराे पेज यहाहरुलाई अनि यहाहरुकाे उपहार स्वरुप लाईक, फलाे र सेयर –अरपे पेजलाई ।
-सम्पूर्णमा नयाँ बर्ष २०७८ काे हार्दिक शुभकामना ।

अरपे पेज