नेपालमा संक्रमित बढे, पछिल्लो २४ घन्टामा ६०३ जनामा संक्रमण

everest kitchen

 

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ। ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गौतमका अनुसार पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ। जसमध्ये १५३६ जना संक्रमित भएका छन् भने ४२० जना संक्रमणमुक्त भएका छन्।

हालसम्म मुलुकभर ४०५६ जना कोरोना संक्रमित छन्। जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना संस्थागत आइसोलेशनमा छन्।