पाँचथरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

everest kitchen

 

पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापुतर्फ जादै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सहचालक चेम्जोडको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्याक्टर र चालक पाँचथर कुम्मायक ३ रानिगाँउ का २३ वर्षीय कालीबहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।