एक नेपाली लन्डनमा अलपत्र अवस्थामा फेला, प्रहरीद्वारा पहिचानको आह्वान

everest kitchen

 

(सम्पादकीय नोट : समाचारमा उल्लेख गरिएका व्यक्तिको परिवारले सम्पर्क गरेर जिम्मा लिई सकेकोले परिवारको अनुरोधमा यसअघि यहाँ राखिएको फोटो हटाएको छ। ) 

युके । बेलायतको लन्डनमा एक नेपाली अलपत्र अवस्थामा फेला परेका छन् । ती नेपाली साउथ इष्ट लन्डनको प्लमस्टिडमा अलपत्र अवस्थामा फेला परेका हुन ।

ग्रीनवीच प्रहरीले उनको तस्विर सार्वजनिक गर्दै पहिचानका लागि गरेको छ । पहिचानको लागि आग्रह गर्दै ‘सम्भावित नेपाली’ व्यक्तिलाई चिन्नेहरुले प्रहरीमा सम्पर्क गर्न भनिएको छ । उनको स्थानीय एक अस्पतालमा स्वास्थ परिक्षणमा राखिएको लन्डन प्रहरीले जनाएको छ ।

ती नेपालीको तस्विर सार्वजनिक गर्दै व्यक्ति चिन्ने वा उनीबारे कुनै जानकारी हुनेले ९९९ मा टेलिफोन गरेर रिफरेन्स सीएडी २६६८ १४ एपीआर २१ कोड गरी प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ ।