मलेसियामा रहेका क्यान्सर पीडित लिम्बूलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको सहयोग

everest kitchen

मलेसिया । अन्तर्तष्ट्रिय नेपाली समाजद्वारा क्यान्सर पिडित सन्त कुमार लिम्बूलाई आर्थिक सहयोग गरेको छ । समाजले अबैधानिक हैसियतमा काम गर्दै आएका लिम्बुलाई घर फिर्तिको लागि अध्यागमन जरिवाना रकम ५०० रिंगेट तिरि दिएको हो ।

हामीसंग अहिले कुनै राहत कोष छैन । हाम्रो संस्थाको मलेसिया कार्यसमिति अप्रिल ४ तारिखका दिन गठन भएको थियो । तर पनि हामीले नयाँ बर्षमा गरिने खर्चलाई कटौती गरि सन्त कुमार लिम्बुलाई अध्यगमन जरिवाना रकम सहयोग गरेकाछौं । हाम्रो उद्देश्य नै मलेसिया रहेका पिडित नेपालीहरुलाई उद्धार गर्ने भएकोले हामी उद्धारको कार्य निरन्तर गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज, मलेसियाका अध्यक्ष राजु तामाङले बताए ।

पीडित लिम्बू ताप्लेजुङ जिल्ला निबासी हुन । उनी बिगत ५ वर्षदेखि मलेसियामा सेक्युरिटीमा कार्यरत थिए । करिब एक बर्ष अघिदेखि मुत्र थैलीको क्यान्सर भएर बिरामी परेका उनलाई आर्थिक समस्याले नेपाल जान असमर्थ भएकोले पिएनसिसि मलेसियाकाे पहलमा ट्राभल डकुमेन्ट, पिसिआर टेस्ट र हवाई टिकेक नेपाली राजदूतावास मलेसियाले उपलब्ध गराउने भएको छ ।