एमालेका सांसदले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

everest kitchen

सुर्खेत। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका छन्। बहुमत जुटेपछि कर्णाली प्रदेशको सरकार जोगिएको छ। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको हो।

नेकपा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो।

आज भएको मतदानमा ३७ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री शाहीले २२ मत पाए । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र छ भने एमालेको २० सांसद छन् ।

त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्योको थियो।