प्रधानमन्त्री र रअ प्रमुख बीच भएको सहमति पत्र भन्दै समाचार सम्प्रेषण गर्ने अनलाइन कारबाहीमा

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तर संस्था “रअ” प्रमुख सामन्त गोयल बीच चार बुदे सहमति भएको भनि समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्ट्रलहरुलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ ।

काउन्सिलले एक ध्यानाकर्षण पत्र जारी गर्दै काउन्सिलमा सुचिकरण भएका अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको र सुचिकरण नभएका अनलाइनलाई नेपालमा प्रतिबन्ध गरिएको उल्लेख गरिएको छ ।

अनअफिसियल ट्रान्सलेसन ‘ उल्लेख भएको डकुमेन्टलाई आधार बनाई ‘ रअ र प्रधानमन्त्री के पी , ओलीबीच भएको सहमति … ‘ भनी विना आधिकारिक डकुमेन्ट ‘ अनअफिसियल ट्रान्सलेसन ‘ को हवला दिदै सञ्चारमाध्यमको जिम्मेवारीबोधको समेत ख्याल नगरी तथ्यहीन , पुष्टि नभएका सामग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने , सार्वभौमसत्ता , राष्ट्रियता र स्वाधिनताविपरीत , सामाजिक सद्भावमा खलल पुग्ने , अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने गरी भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालको स्वअनुगमनबाट देखिएकोले ती सञ्चारमाध्यमहरुबाट पत्रकार आचारसंहिता , २०७३ ( पहिलो संशोधन , २०७६ ) को दफा ४ ( २ ) , ४. ) र ५१ ) उल्लङ्घन भएको ठहर गरेको काउन्सिलले पत्रमा उल्लेख गरेको छ ।