कर्णालीमा एमालेका तीन प्रदेशसभा सदस्य मन्त्रि बने

everest kitchen

सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्। यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए।

शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । उनले कांग्रेसलाई पनि समेटेर सरकारमा सहभागी बनाउने तयारी गरेको बताएको छ।