मकवानपुरको राक्सिराङको पन्जनीमा पहिलोपटक बिजुली पुग्यो

everest kitchen

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर ४ पन्जनीमा शुक्रबारबाट बिजुली पुगेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले बिजुलीको बत्ती स्विच अन गरेर उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद ग्लानले स्थानियबासीको सक्रिय सहभागीतामा पन्जनीका जनताले बिजुली बत्ती बाल्न सफल भएको बताए । उनले अन्य ठाउका जनसमुदायले पनि पन्जनीका जनाताको जस्तो सक्रियता बढाउनुपर्ने भन्दै स्थानीयबासीलाई बधाई तथा शुभकामना दिए । ‘हाम्रा यस्ता अन्य कैयौ गाउ बस्तिहरु छन, जहाँ बिजुली पुगेको छैन, त्यता पनि सक्रिय भई बिजुली बत्ती बाल्नुछ’ : संसद ग्लानले भने ।

गाउँमा १४ बर्ष सम्मको निरन्तर प्रयासबाट विभिन्न आरोहअवरोह पार गर्दै अहिले बिजुली बाल्न सफल भएको भन्दै बिजुली बत्ती बिस्तार योजनाका अध्यक्ष मधु थिङले खुसी ब्यक्त गरे ।

वडामा विभिन्न बिकासका योजनाहरुको काम गर्दै-गर्दा कार्यकालको ४ बर्षको अबधिमा बिजुली बत्ती बाल्न सफल भएको र अब वडाको बिजुली नपुगेको ठाउँका लागि चाडै प्रक्रियामा जाने वडा नम्बर ४ का वडाअध्यक्ष सञ्जय कोईरालाले बताए ।

बागमती प्रदेशको प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ नम्बर वडाका अध्यक्ष सञ्जय कोईराला, नेकपा (माओबादी केन्द्र) राक्सिराङको इन्चार्ज बनस्तम थिङ, फ्युज शाखा मनहरीका प्रमुख हरीप्रसाद रुपाखेती, मनहरी एफएमका पत्रकार उमेश राई, पत्रकार जयराम मुक्तान लगायतको आतिथ्यतामा बिद्युत बिस्तार योजनाका अध्यक्ष मधु थिङको सभाध्यक्षतामा भएको थियो ।

नवबर्षको आगमन सँगै राक्सिराङ गाउपालिका वडा नम्बर ४ पन्जनी ६५ घरधुरिका करिब ८०० भन्दा बढी जनताले बिजुली बत्तीबाट लाभान्वित भएका छन् । गाउपालिका को ४ नम्बर वडाको आर्थिक सहयोगमा बिजुली बत्ती बल्न सफल भएको हो ।