कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

everest kitchen
photo file

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।

१४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। बैठकमा सत्ता समीकरण बारे पनि छलफल हुन सक्ने एक नेताले बताए।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो । कांग्रेसले आगामी भदौमा तय भएको १४ औं महाधिवेशन गर्न लागेको हो।