राष्ट्रपतिद्धारा गृहमन्त्रीमा थापाको पुनःनियुक्ति

everest kitchen

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन ।

नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।